कञ्चनपुर।कंचनपुरमा नेपालि कांग्रेस कंचनपुरको प्रशिक्षक प्रशिक्षण हुन गइरहेको छ ।
नेपाली कांग्रेस कंचनपुर जिल्ला प्रशिक्षण शाखाको आयोजनामा तथा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा यहि जेठ २३ र २४ गते जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण हुने भएको हो । कंचनपुर उद्योग बाणिज्य संघको सभाहलमा बिहान ८ बजे नाम दर्ता र ९ बजे समुदघाटन हुने गरि द्वि दिवसिय कार्यक्रम तय गरिएको नेपालि कांग्रेस कंचनपुरका बरिष्ठ उपसभापती मीन बहादुर सिंहले बताए ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्ला पदाधिकारी ,महासमिति सदस्य, महाअधिवेशन प्रतिनिधि,जिल्ला सदस्य, संघिय निर्वाचन क्षेत्र समिती, प्रदेश निर्वाचन क्षेत्र समिती, नगर समिती ,गाउँ समितिका पदाधिकारिहरुको सहभागिता रहने उनले बताए ।
प्रशिक्षण कार्यक्रमको समुदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री एनपी सावदको प्रमुख आतिथ्यता र पार्टिका नेताहरुको समुपस्थितिका हुने समेत उनले जानकारी दिए ।। प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सम्पुर्ण तयारि पूरा भएको समेत उनले बताए ।
अहिलेको समयमा पार्टिको प्रशिक्षक प्रशिक्षण कार्यक्रम निकै फलदायी हुने र समेत उनको बिश्वास छ । कार्यक्रमको लागि सबैलाइ आमन्त्रण गरिएको र आमन्त्रण नपुगेका ब्यक्तिलाइ सहभागिताको लागि समेत समेत उनले अनुरोध गरेका छन ।

