बेलडाँडी । कन्चनपुरमा सिकलसेल एनिमिया रोग सम्बन्धि पैरवी कार्यक्रमको आयोजना गरिएको छ ।
राना चौधरी समुदायमा देखिदै आएको सिकलसेल एनिमिया रोगबाट सुरक्षित रहन बेलडाँडीमा पैरवी कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय कन्चनपुरले जानकारी दिएको हो ।
बुधबार पालिकाको वडा नं. १ र २ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सिकलसेल एनिमिया सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो।
त्यस्तै, त्रिशुली आधारभूत विद्यालयमा पनि पैरवी कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया रोग सम्पर्क व्यक्ति सिद्धराज भट्टले जानकारी दिए।
रानाथारु समुदायमा देखिने सिकलसेल को समयमै परिक्षण नगरिए जटिल स्वास्थ्य समस्या निम्तिने र विरामीले अकालमै ज्यान गुमाउने भएकाले यसको परिक्षण समयमै गर्न उनले आग्रह गरे ।
रोग लागेको पहिचान कसरी गर्ने र रोग लागीहाले समयमै कसरी सुरक्षीत रहने विषयमा जोखिम समुदायका मानिसहरुलाई पैरवी गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा चौधरी र राना समुदायका तीन दर्जन बढी महिला पुरुषहरुको सहभागीता थियो ।

