काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै काठमाडौंमा राँके जुलुस निकालिएको छ ।
राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका हुन् ।
थापालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले थापा सहित ७ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले उनलाई आजै छाड्ने तयारी गरेको छ ।
त्यस्तै भोलि राजावादी समूहले भोलि उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरिएको हो ।
‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गर्दै सरकारले आफूहरूको आन्दोलनमा दमन गरेको आरोप लगाएको छ ।

