शनि, असार ६, २०८३

डोटीमा जीप दुर्घटना हुदा एकजनाको मृत्यु


डोटी । डोटीमा जीप दुर्घटनामा परेका छ । के.आई.सिंह गाउँपालिका -५, केदार गाउँस्थित दिपायल बोगटान सडक खण्डमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

सु.प.प्र. ०१ ००१ ज १४६४ नं को बोलेरो जीप दुर्घटना हुदा चालकसहित ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिन बहादुर बम रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जानाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बमलाइ उपचारको लागि शैलेश्वरी अस्पताल पुर्याइएको थियो। अस्पतालमा उनलाई चिकित्सक चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।


सम्बन्धित समाचार

Leave a Reply