आइत, असार ७, २०८३

बेलडाँडी भेट्रान भलिबल प्रतियोगिताको उपाधी खैरिघाटलाई


कञ्चनपुर । बेलडाँडी भेट्रान भलिबल प्रतियोगिताको उपाधी खैरिघाटलाई पाईएको छ ।

बेलडाँडी खेलकुद विकास समितिको आयोजनामा भएको भेट्रान भलिबल प्रतियोगिताको उपाधी खैरिघाटलाई पाईएको हो ।

शनिबार सम्पन्न भएको प्रतियोगितामा खैरिघाटले बेलडाँडी १ सामुदायिक विद्यालयका शिक्षकको टिमलाई ०–३सेटले हराउँदै उपाधी चुमेको जनाएको छ ।

बेलडाँडी खेलकुद विकास समितिका उपाध्यक्ष गणेश विष्टले बिहीबारदेखि शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको बताए । उनका अनुसार ४टिम रहेको उक्त प्रतियोगितामा खैरिघाट टिमले उपाधी जितेको छ ।

विजेतलाई नगद ५० र उपविजेता टिमलाई ३०हजार नगद, प्रमाण पत्र सहित प्रदानगरिएको छ ।

शनिबार गाँउपालिका उपप्रमुख शान्ति नाथको प्रमुख आथित्यमा भएको प्रतियोगिता समापन कार्यक्रममा उपप्रमुख शान्ति नाथले बेलडाँडीकोे खेलकुद विकासका लागि टेवा पुग्ने बताईन ।

बेलडाँडी खेलकुद विकास समितिका अध्यक्ष डम्बर सुनारको अध्यक्षतामा कार्यक्तम भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply