काठमाडौं।सरकारले गृह मन्त्रालय र रक्षा मन्त्रालयको बजेट बढाएको छ ।
चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि गृहको बजेट नौ अर्ब ४० करोड बृद्धि भएको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि दुई खर्ब ८ अर्ब ६२ करोड रुपैयँ बिनियोजन गरिएको छ ।
चालू आर्थिक वर्षका लागि १ खर्ब ९९ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।
त्यस्तै, रक्षा मन्त्रालयको पनि दुई अर्ब १४ करोड रुपैयाँ बढेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा रक्षा मन्त्रालयका लागि ६२ अर्ब एक करोड रुपैयाँ छुट्याइएको छ । चालू आर्थिक वर्षका लागि ५९ अर्ब ८७ करोड बजेट थियो ।

