बुध, बैशाख २३, २०८३

खेलकुदमा बजेट बढ्यो, त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको लागि ४० करोड विनियोजन


कञ्चनपुर ,कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षमा ४० करोड बजेट बिनियोजन गरेको छ।बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेका हुन् ।

उनले खेलकुदतर्फ ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् ।त्यसमा त्रिवि मैदानमा ४० करोड बिनियोजन भएको छ । सरकारले यही आर्थिक वर्षमा त्रिवि क्रिेकट मैदान स्तरोन्नति गरिरहेको छ ।

तत्काललाई १५ हजार समर्थक अट्ने प्यारापिट बनिरहेको छ । त्यस्तै, मुलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, झापाको दमकमा सबै खेल आयोजना गर्न मिल्ने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने बताइएको छ ।

 यता, सुर्खेतको विरेन्द्रनगरमा आयोजना हुने भनिएको १०औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि ५४ करोड बजेट विनियोजन गरिएको छ । यसअघि ६० करोड विनियोजन गरिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply