काठमाडौं ,सरकारले कर्मचारीको तलब बढाएन। तर, आगामी आवदेखि लागू हुनेगरी महँगी भत्ता पाँच हजार रुपैयाँ पुर्याइएकाे छ।
‘स्रोत व्यवस्थापनमा परेको दवावले अपेक्षाअनुरुप तलव वृद्धि सम्भव भएन। आगामी साउनदेखि महँगी भत्ता वृद्धि गरी पाँच हजार पुर्याएको छु,’ बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरे।
हाल कर्मचारीले मासिक दुई हजार महंगी भत्ता पाउँदै आएकोमा बढाएर पाँच हजार पुर्याइएको हो। तीन वर्षपछि कर्मचारीको तलव बढेको छैन।
सरकारले ०७९ मा सरकारले १५ प्रतिशत तलव बढाएको थियो। यसपटक तलव नबढाइ महँगी भत्ता वृद्धि गरेको हो।

