कञ्चनपुर, बैसाख २६। कञ्चनपुरको बेलौरी नगरपालिका-१ बैशाखीस्थित उखुबारीमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मंगलबार दिउँसो स्थानीय उखुबारी क्षेत्रमा फेला परेको शव बैशाखी निवासी अन्दाजी २९ वर्षीय गोपाल सुनारको भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मृतकको शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको र आज पोस्टमार्टम प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

