शुक्र, असार ५, २०८३

सुदूरपश्चिम विश्वविद्यालयको डरलाग्दो बेरुजु, भ्रष्टाचार की कागजात मिलेन ?


कञ्चनपुर । सुुदूरपश्चिम विश्वविद्यालयको १७ करोड, १६ बढि बजेट बेरुजु देखिएको छ ।

गत आर्थिक बर्ष ०८०÷०८१ मा सुप विश्वविद्यालयको १७ करोड, १६ लाख, २१ हजार रकम बेरुजु देखिएको हो ।

केही समय अघि महालेखाले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन अनुरुप कञ्चनपुर भीमदत्त नगरपालिका महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुप विश्वविद्यालयले एक आर्थिक बर्षमा ठुलो रकम बेरुजु देखिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार ५७ लाख, ५६ हजार रुपैया अशुल्नुपर्ने र १४ करोड, ६८ लाख, ३७ हजार नियमित बेरुजु देखिएको छ ।

सुप विश्वविद्यालयले विभिन्न योजनाको भुक्तानी कागजात बिनै पनि गरेकोे देखिएको महालेखाको प्रतिवेदनले जनाएको छ ।

विश्वविद्यालयले २ करोड,४७ लाख, ८४ हजार रुपैया बिना कागज भुक्तानी गरिएको र ७ लाख, ८३ हजार रुपैया बराबर पेश्की समेत लगिएको पाईन्छ ।

यसरी शिक्षा जस्तो क्षेत्रमा ठुलो रकम बेरुजु देखिएपछि विश्वविद्यालयको क्षमता र सुशासन, आर्थिक पारदर्शीतामा प्रशन उब्जाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय स्रोतले प्राविधिक त्रृटी, कुनै योजनाकोे कागजात हराएको हुनसक्ने, अनि कुनै कर्मचारी, प्राध्यापकले रकम लिएर काम नगरेको हुनसक्ने हुँदा बेजुरी रकम बढेको, तिर्नुपर्नेदेखि बिना कागजातको समस्या आएको जनाएका छन ।

विश्वविद्यालयको बेरुजु बढ्दै गएपछि कतै नीतिगत भ्रष्टाचार त छैन कि भनेर विद्यार्थी, अभिभावकले चिन्ता व्यक्त गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply