गणेश जोशी, कञ्चनपुर – बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमका बीच वडा नं -२ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।
आधारभुत स्वास्थ्य केन्द्र कमलपुरको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको कमलपुर आधारभुत स्वास्थ्य केन्द्र प्रमुख हेमराज भट्टले बताए।सत प्रतिशत संस्थागत सुत्केरी भएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने प्रावधान अनुसार पूर्ण सुत्केरी वडा घोषणा गरिएको स्वास्थ्य केन्द्र प्रमुख भट्टले बताए।
दोगडाकेदार गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बिश्णु दत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए।
यस्तै विशिष्ट अतिथिमा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की, प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशी रहेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य हेमा भट्ट कपाडी लगायतको उपस्थिति रहेको थियो।

