शुक्र, असार ५, २०८३

नेविसंघद्वारा ‘अच्युत स्मृति अक्षयकोष’ स्थापनाका लागि रकम हस्तान्तरण


कञ्चनपुर ।नेपाल विद्यार्थी संघ (नेविसंघ)ले दिवंगत पूर्व सहमहामन्त्री अच्युतराज कलौनीको स्मृतिमा अक्षयकोष स्थापनार्थ दुई लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

स्वर्गीय कलौनीले अध्यक्षता गर्दै आएको बैजनाथ नमुना उच्च माध्यमिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गरिने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए।

बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष शेर्पाले सो रकम बराबरको बैंक चेक अच्युतराज कलौनीका पिता जनकराज कलौनीलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा नेविसंघका केन्द्रीय मुख्य सचिव विजय खड्का, केन्द्रीय सदस्य सञ्जय अधिकारी (सञ्जु) र अमृतजंग कार्कीको पनि उपस्थिति थियो।नेता कलौनीको निधन गत माघ १९ गते भएको थियो। उनी नेपाली कांग्रेस कञ्चनपुर भीमदत्त नगर सभापतिको जिम्मेवारीमा कार्यरत थिए।

नेविसंघका अध्यक्ष शेर्पाले भने, “कलौनीको निधनको नवौँ दिन शोकसभामा हामीले उहाँ अध्यक्ष रहेको विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थियौँ। सोहीअनुसार आज उहाँका पितालाई चेक हस्तान्तरण गरेका छौँ।

”अक्षयकोषमार्फत विद्यार्थीहरूको शैक्षिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको बताइएका छन् । नेविसंघले यो कोषलाई समयसँगै विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply