शुक्र, असार ५, २०८३

घटाल बहुमुखी क्याम्पसले बिबिएस प्रथम वर्षमा जिल्लामै प्रथम स्थान हासिल


{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

आदित्य जोशी कञ्चनपुर, कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडामा अवस्थित घटाल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिबिएस (Bachelor of Business Studies) प्रथम वर्षको नतिजामा जिल्लामै पहिलो स्थान हासिल गरेको छ।

क्याम्पसका चिफ देव दत्त पन्तका अनुसार उक्त उपलब्धि क्याम्पस र विद्यार्थीहरूका लागि गर्वको विषय बनेको जानकारी गराउनु भएको छ।

“हामीले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिमा निरन्तर मेहनत गर्दै आएका छौं र यसपटक जिल्लामै उत्कृष्ट नतिजा ल्याउनु हाम्रो सामूहिक प्रयासको सफल परिणाम हो,” क्याम्पस प्रमुख पन्तले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको हालै प्रकाशित नतिजामा बिबिएस प्रथम वर्षमा घटाल बहुमुखी क्याम्पसका विद्यार्थीले उच्च अंक प्राप्त गर्दै जिल्लामै अग्रस्थान हासिल गरेको जनाइएको छ।

यस क्याम्पसले व्यवसाय शिक्षामा गुणस्तरीय शिक्षण र विद्यार्थीको ब्यक्तिगत विकासमा जोड दिँदै आएको छ। स्थानीय समुदाय, अभिभावक तथा नगरपालिकालेए समेत यो उपलब्धिको स्वागत गरेका छन्।

क्याम्पस परिवारले आगामी दिनमा अझ राम्रो शैक्षिक वातावरण निर्माण गर्दै जिल्लामा उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।

नतिजा यस प्रकार रहेको क्याम्पस चिफ पन्त ले जानकारी गराउनु भएको छ।

कुल नतिजा: ४४%

प्रथम श्रेणी: २९%

दोस्रोश्रेणी: ४२%

उत्तीर्ण श्रेणी: २९%

सम्बन्धित समाचार

Leave a Reply