आइत, असार ७, २०८३

अस्पताल जाँदै थिइन् चन्द्रा, तर सडकमै जन्माइन् छोरा


कञ्चनपुर ।सुदूरपश्चिम प्रदेशकोे राजधानी जिल्ला कैलाली सडकलगायत अन्य सुविधाका हिसाबले सुगम मानिन्छ । तर, त्यही सुगम जिल्लाकी एक गर्भवती महिलाले सडकमै बच्चा जन्माएकी छिन् ।

गोदावरी नगरपालिका–१ वसन्तपुर गुरही टोलमा डेरा गरी बस्दै आएकी थलारा गाउँपालिका बझाङ्गकी २४ वर्षीया चन्द्रा आचार्यले मंगलबार सडकमै बच्चा जन्माएकी हुन् ।

विहान इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा बसन्तपुर गुरही टोलमा एक महिला बेवारिसे अवस्थमा सडक छेउमा बेहोस भएको खबर आउँछ । त्यही खबरमा आधारमा इप्रका मालाखेतीका इन्चार्ज प्रहरी नायब उपरीक्षक(डिएस्पी) रणबहादुर चन्दले खैराना प्रहरी विटलाई बुझ्न निर्देशन दिन्छन् ।

खैराना प्रहरी विटमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवा उद्धारका लागि जान्छिन् । उद्धारका लागि पुगेकी प्रहरी जवान देउवा एक गर्भवती महिला बेहोस अवस्थामा देखेपछि त्यही पहरा दिएर बस्छिन् । साथै अस्पताल लैजान एम्बुलेन्स पनि बोलाउँछिन् । तर एम्बुलेन्स समयमा पुग्दैन, महिलालाई सुत्केरी व्यथाले च्यापिसकेको हुन्छ ।

छोरा जन्माएपछि मात्रै एम्बुलेन्स पुग्छ । बच्चा जन्माइसकेपछि पुगेको पद्मा अस्पतालका डा. गणेश फुलारा नेतृत्वको टोलीले बच्चा र महिलालाई अस्पताल लैजान्छ ।इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका इन्चार्ज डिएसपी रणबहादुर चन्दले सुत्केरी महिला र शिशुको अवस्था अहिले समान्य रहेको बताए ।

सुत्केरी आचार्यको उद्धारमा खटिएकी प्रहरी जवान चन्द्रीका देउवाले आफू महिला भएको स्थानमा पुग्दा बेहोस अवस्थामा भेटिएको बताइन । ‘मलाई अफिसले महिला भएको स्थानमा खटायो, म त्यहाँ गए । त्यहाँ पुग्दा एक स्थानीयको आँगनमा राखिएको थियो । केही बेरमै चन्द्राले छोरा जन्मिाइन, मैले सालनाल पनि सफा गरिदिए,’ उनले भनिन् ।

दशक अघि प्रहरी सेवामा प्रवेश गरेकी देउवाले राष्ट्र सेवासँगै जनताको सेवा गर्न पाउँदा प्रहरीमा जागिर खाएको गर्व लागकेको बताइन् ।भेरीगंगा नगरपालिका–८ सुर्खेतकी चन्द्राल केही समयअघि बझाङ्गका युवक डम्बर जोशीसँग विवाह गरेकी थिइन ।

चन्द्राका श्रीमान् रोजगारीका लागि भारतमा छन् । डेरामा एक्लै बस्ने चन्द्रा बेथाले च्यापेपछि पैदलै अस्पताल आउदै थिइन् । तर, बिच बाटैमा बेहोस भइन । यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply