शुक्र, असार ५, २०८३

प्राविधिक शिक्षा बारे अभिमुखिकरण


कञ्चनपुर, ६ जेठ कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई अभिमुखिकरण गराईएको छ ।

मंगलबार भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई अभिमुखिकरण गराईएको हो ।

ब्राईट लाईफ एजुगेशन प्रालिले भारत देहरादुनको जिआरडी व्यवस्थापन तथा प्राविधिक कलेजको संयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे यहाँका सरोकारवालालाई अभिमुखिकरण गराईएको जनाएको छ ।

ब्राईट लाईफ एजुगेशन प्रालिका प्रबन्धक रविन भट्टले विद्यार्थी, अभिभावक, शिक्षक लगायतका सरोकारवालासंग शिक्षाको भविष्यबारे अभिमुखिकरण गराएको बताए ।

उनका अनुसार ब्राईट लाईफ एजुगेशन र जिआरडी व्यवस्थापन तथा प्राविधिक कलेजले प्रदान गर्दै आएको शिक्षा बारे जानकारी गराएको बताए ।

‘हाम्रो ब्राईट लाईफ एजुगेशनसगे जिआरडी ईन्सिच्युटसग सम्झौता भएको छ, ‘उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि देहरादुन जान चाहने विद्यार्थीलाई परामर्स सहजिकरण गछौँ ।

’ उनका अनुसार कक्षा १२ उर्तिणपछि थप उच्च शिक्षा अध्ययनका लागि जस्तै विज्ञान, प्रविधि, व्यवस्थापन, आर्ईटी सहितका शिक्षा हासिलका लागि नेपाल(महेन्द्रनगर)बाटै सहजिकरण गर्दैै आएको उनले बताए ।

कार्यक्रममा ब्राईट लाईफ एजुगेशन प्रालिका प्रबन्धक रविन भट्ट र जिआरडी व्यवस्थापन तथा प्राविधिक कलेजका प्रशासनिक प्रबन्धक रणेदिप सिहले शिक्षा बारे अभिमुखिकरण गराएका छन ।

कार्यक्रममा कञ्चनपुरका विभिन्न विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक एव सरोकारवाला सहभागि भएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply