शुक्र, असार ५, २०८३

शैल्यशिखर मालिकार्जुन सेवा समितिको दोस्रो बार्षिकोत्सव क्यान्सर पीडितलाई आर्थिक सहयोगदेखि रक्तदान कार्यक्रम


कञ्चनपुर, शैल्यशिखर मालिकार्जुन सेवा समिति कञ्चनपुरको दोस्रो बार्षिकोत्सव मनाएको छ ।

भीमदत्त नगरपालिका ३तिकलपुर शान्तिटोलमा केन्द्रीय समिति रहेको शैल्यशिखर मालिकार्जुन सेवा समिति कञ्चनपुरको दोस्रो बार्षिकोत्सव मनाएको हो ।

सोमबार एक कार्यक्रमका विच उक्त मालिकार्जुन सेवा समितिले विवित कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको जनाएको छ ।

शैल्यशिखर मालिकार्जुन सेवा समितिका सचिव आनन्द सिह धामीले समाजिक कार्यक्रम गरेर दिवस मनाएको बताए ।

उनका अनुसार संस्थाका कार्य समिति सदस्य नन्दा धामीकी नातिनी क्यान्सर पीडित आस्था धामीलाई नगद २२हजार १७५रुपैया आर्थिक सहयोग गरिएको बताए ।

आस्था केही समयदेखि क्यान्सर रोगबाट ग्रसित भई काठमाण्डौँमा उपचारार्थ छिन । साथै समाजले रक्तदान समेत गरिएको छ । समाजिक कार्य गर्ने उदेश्यका साथ रक्तदान गरिएको सचिव धामीले बताए ।

शैल्यशिखर मालिकार्जुन सेवा समितिका कावा अध्यक्ष गौरसिह धामी, सदस्र्य िक्षतिज धामी लगायतले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरसंगको प्राविधिक सहयोगमा समाजले रक्तदान गरेको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै समाजका सल्लाहकार संयोजक एव बैजनाथ माविका पुर्व प्राद्यनाध्यापक हरिराज विष्ट, समाजका साँस्कृतिक उपसमिति संयोजक गणेश सिह धामी, समाजको घर निर्माणका लागि भूमिदानदाता आनन्द बहादुर पाल लगायतले समाजको बृद्धि विकासका लागि अग्रसर हुनुपर्नेमा जोडदिएका छन ।

शैल्यशिखर मालिकार्जुन सेवा समितिका कावा अध्यक्ष गौरसिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, दानदाताहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply