शुक्र, असार ५, २०८३

विद्युत सर्टबाट आगलागी, मदनचोकको पसलमा ठूलो क्षति


महेन्द्रनगर, बैसाख २०। स्थानीय मदनचोकको एक पसलमा आगलागी भएको छ ।

भीमदत्त नगरपालिका–४ मदनचोक स्थित वेदकोट नगरपालिका–६ बस्ने महेश पनेरुले संचालन गरेको खिलुङ कालिका मार्केटिङ प्रा.ली. पसलमा बिद्युतको तार सट भई आइतवार राति ९ः४० बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागी हुँदा पसल भित्र रहेका अण्डा, काउण्टर, अन्य सामान गरी अन्दाजी मुल्य ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply