शुक्र, असार ५, २०८३

कुलमानको हटाइँपछि विद्युत संकट: झ्यापझ्याप बत्ती, जनता हैरान


कञ्चनपुर । सरकारले नेपाल विद्युत प्राधिकरणकोे प्रमुख कार्यकारी अधिकृत परिर्वतन गरेसंगै व्यवहारिक रुपमै विद्युतमा बेथिति मच्चिएको छ । कार्यकाल बाँकी हुँदै एमाले,काँग्रेस नेतृत्वको सरकारले माओवादी सरकारले नियुक्त  गरेका  विद्युत प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्गको कार्य अवधि बाँकी रहदै विचमै हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि बेथिति मच्चिएको हो । देशभरका अधिकाँस जनताको पहुँचमा रहेको विद्युत शाक्य कार्यकालमा सेकेन्ट, मिनेट, घण्टा, दिनमै झ्याप झ्याप विद्युत कटौती हुन थालेपछि नागरिक आक्र्रोसित भएका छन । 

टाँट पल्टिएर घाटामा गएको प्राधिकरणलाई कुलमान घिसिङ्गले नेतृत्व सम्हालेपछि देशभर लोडसेटिङ्गमुक्तदेखि नाफामा पु¥याएको थियो । ठुला घरनाका उद्योगी, व्यवसायीहरुले बषौँदेखि अबौँ विद्युत बक्यौता रकम भुक्तान नगरेका त्यस्ता उद्योगमा विद्युत कटौती गरेपछि स्वयम उर्जामन्त्री दिपक खडका कुलमाल बिरुद्ध षड्यन्त्रमा लागेपछि अन्तत गत चैत्र दोस्रो साता हटाएको  थियो । कुलमान हटेको दुई महिनामै विद्युतमा बेथिति मच्चिएपछि स्वयम आम जनताले योग्य कुलमान हटाउँदा सरकारले विद्युतमा गुणस्तरिय सेवा दिन नसकेको महसुस गरेका छन ।

विद्युतीय  समाग्री जस्तै ब्लफ, पङखा, कम्प्युटर, ल्याफटअफ, फ्रिज, ईन्भटर, मेसिनरी लगायतका समाग्री समाग्री ड्यामेज गर्ने  गरेर विद्युत कटौती हुन थालेपछि जनता हैरान भएका छन । पुर्व सुचना बिनै विद्युत कटौती हो, किन झ्याप झ्पाय जान थालेपछि जनता समेत  कतै विद्युतका कर्मचारीदेखि  उर्जामन्त्रीसम्मै ईन्भटर लगायतका ईलेक्ट्रोनिक समाग्री बिक्रेता व्यवसायीसंग मितोमतो त छैन भनेर आशंका गरिरहेका छन ।

कञ्चनपुर भीमदत्त नगर महेन्द्रनगरका स्थानीय रतनराम लुहारले गत चैत्र, बैशाख र अहिले जेठ पहिलो सातासम्म आईपुग्ना बिना जानकारी विद्युत बिहान, दिउँसो, राती जुनसुकै बेलामा पनि झ्याप झ्याप कटौती भईरहेको बताए । ‘कुलमान हुँदा यस्तो विद्युतमा बेथिति थिएन, अहिले कुलमानलाई सरकारले हटाएपछि कञ्चनपुरमै पनि प्रभाव देखियो, ‘उनले भने, ‘यतिसम्मको बेथिति हुँदा पनि जनता सहेर बस्नु यो सरकार भाग्यमानी रहेको छ ।’ दोधाराचाँदनी नगरका स्थानीय सुरज जोशीले सरकारले विद्युत प्राधिकरणबाट कुलमान हटाएर हितेन्द्र शाक्य नियुक्त  गरेपछि बेथिति मच्चिएको बताए । 

कृष्णपुरका रमेश भट्टले विद्युतमा सरकारले राजनीति गर्न खोजेको परिमाण जनताले भोक्नु परेको बताए । लालझाडीका नरेश रानाले विद्युत कटौतीले दैनिक कामकाजमा प्रभाव परेको बताए । उनले विद्युतमा सरकारले नै अनावश्यक राजनीति गर्दा गाँउका किसान मारमा परेको बताए । 

यसरी झ्पाय झ्पाय विद्युत कटौतीले व्यवसायिक, औद्योगिक सहितका सबै क्षेत्र  सहित  शैक्षिक क्षेत्रमा समेत प्रभाव परिरहेको छ । सबैभन्दा बढि विद्यार्थी मारमा परिरहेका छन । कक्षा कोठामा अध्ययनदेखि घरमा होमवर्क गर्दासम्म विद्युतको आवश्यकता हुने भएकाले छिनछिनमै विद्युत कटौतीले पठन पाठनमा प्रभाव परिरहेको विद्यार्थीको दुखेसो छ । 

नेपाल विद्युत प्राधिकरणले झ्यापझ्याप बत्ती जाने अवस्था ओभर लोड भएर जनाएको छ । विद्युत प्राधिकरण  वितरण केन्द्र महेन्द्रनगरका सुचना अधिकारी समेत रहेकी ईन्जिनियर जेनिस श्रीले ओभर लोडदेखि जिल्लामा पुरानै ट्रान्सफर हुँदा माग अनुरुप आपूर्ति गर्न समस्या हुँदा झ्याप झ्याप बत्ति गईरहेको बताईन । 

स्वयम  उर्जामन्त्री दिपक खडकालाई पत्रकारले बत्ती गएको गईरहेछ, कहिले लोडसेडिङ्गको कार्यतालिका  सार्वजनिक हुन्छ ? भन्ने प्रशनमा मन्त्री खडकाले भद्दा मजाक तरिकाले जवाफ दिदै बत्ति गएको छैन, त्यो  तपाईहरुलाई लागेको हुनसक्छ भन्दै जवाफ दिएका छन । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले केही दिन अघि पत्रकार सम्मेलन  गर्दै प्राधिकरण ५अर्ब घाटा रहेको तथ्याङ्क सार्वजनिक गरेपछि दुई महिना अघिसम्म ४७ अर्ब, ४१ करोड नाफामा गएको प्राधिकरण  दुई महिनामै घाटामा गएको विषय बाहिरिएपछि जनता सरकारप्रति आक्र्रोसित भएका छन ।

सम्बन्धित समाचार

Leave a Reply