कञ्चनपुर। कञ्चनपुरमा होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार क्षेत्रमा रहेको पर्बत होटलमा जुवातास भइ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको छ।
प्रहरी टोलीले होटल सञ्चालक ४० वर्षीय केशव राज जोशीसहित ८ जनालाई २३ हजार ८३५ नगदसहित पक्राउ गरेको जनाएको छ ।
उक्त छापा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले गरेको हो।
हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

