मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले देशको विकासको लागि प्रत्येक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिने बताए ।
शनिवार राप्रपा हेटौंडा उपमहानगर कमिटीको सातौं नगर अधिवेशन उद्घाटनका क्रममा भ्रष्ट राजनीतिले देश बर्वाद भएको बताउँदै जनताले प्रत्येक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहेको बताए।
शाहीले देशको विकासको लागि प्रदेश संरचना खारेज गरेर संवैधानिक राजतन्त्र ब्यवस्था आवश्यक भएको बताए । उनले युवाहरुले देश छोड्ने कि भ्रष्टको अन्त्य गर्ने बिषयमा निर्णय गर्नुपर्ने समय आएको बताए ।
अधिवेशनले अरुण लामाको अध्यक्षतामा हेटौंडा उपमहानगर कमिटी गठन गरेको छ । अधिवेशनले लामाको अध्यक्षमा २२ सदस्यीय नगर समिति चयन गरेको छ ।
राप्रपा हेटौंडा नगरको पहिलो कार्यसमितिको बैठकले अन्य पदाधिकारीहरु जिम्मेवारी प्रदान गर्नेछ । राप्रपा हेटौंडा नगरको पहिलो बैठकले २ जना उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवको जिम्मेवारी प्रदान गर्ने खत्रीले बताउनुभयो । यसअघि अध्यक्ष लामाले संगठनको संयोजकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

