बिहि, बैशाख २४, २०८३

भीम रावललाई प्रचण्डको सुझाव :’किन भौँतारिदै, आउनुस् सहकार्य गरौँ’


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भीम रावललाई माओवादीसँग सहकार्यमा आउन आग्रह गरेका छन्।

शनिवार नेकपा एमालेबाट निष्कासित नेता रावलको गृह जिल्ला अछाम पुगेर दाहालले यस्तो आग्रह गरेका हुन्।दाहालले भने ‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ । उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो।

उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो।’उनले रावललाई ‘किन भौँतारिई रहनुभएको छ ?’ भनेर प्रश्न गरेको पनि दाहालले बताए।‘मैले तपाई किन अरू ठाउँ भौँतारिई रहनुभएको छ। आउनुस् हामी बसेर कुरा गरौँ, सहकार्य गरौँ भने’ उनले भने ।

सम्बन्धित समाचार

Leave a Reply