शुक्र, असार ५, २०८३

नेपाली संगीतमा नयाँ स्वाद: किरण थापाको ‘जाउँला माया भागेर’ सार्वजनिक


बेलौरी । सङ्गीतमा लामो समयदेखिको प्रेम र लगनलाई अब गायनमार्फत् प्रस्तुत गर्दै बेलौरी नगरपालिका–१०, भुडाका किरण सिंह थापाले आफ्नो पहिलो गीति एल्बम ‘जाउँला माया भागेर’ सार्वजनिक गरेका छन् ।

थापाकै शब्द, संगीत र स्वरमा सजिएको यो गीत नेपाली सङ्गीत क्षेत्रको नयाँ स्वादको रुपमा आएको छ ।करिब आधा दशकदेखि काठमाडौंमा सङ्गीतकै माध्यमबाट आफूलाई अभिव्यक्त गर्दै आएका थापा यसअघि गीत रेकर्डिङ इन्जिनियरको रुपमा सक्रिय थिए।

तर अब उनले आफ्नै स्वर र सिर्जनालाई दर्शकमाझ पुर्याउने प्रयत्न गरेका छन् ।गीतको भिडियो पक्ष पनि आकर्षक बनाइएको छ। रुपेश मण्डलको निर्देशनमा तयार पारिएको भिडियोमा निर्देशक मण्डल स्वयं, दिव्या बयालकोटी, बालकलाकार हिमांशी पन्त र रोहित पन्तको अभिनय देख्न पाइन्छ।

अभिनय र दृश्य संयोजनले गीतको भावनालाई जीवन्त बनाएको छ ।भिडियोको छायांकन अमित बीकेले गरेका छन् भने, मिक्सिङको जिम्मा अमित जोशीले अनामनगरस्थित स्टुडियोमा सम्हालेका छन् । गीतको कोरियोग्राफी सन्जिला सुमित्राले गरेकी छिन् ।

‘जाउँला माया भागेर’ गीतको भिडियो ‘रुपेश मण्डल अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सानैदेखि सङ्गीतप्रेमी रहेका थापाको यो पहिलो प्रयास निकै सशक्त देखिएको छ, जसले भविष्यमा अझ राम्रा सिर्जनाहरूको अपेक्षा गर्न सकिने संकेत गर्दछ ।

भिडियो लिङ्क

सम्बन्धित समाचार

Leave a Reply