शुक्र, असार ५, २०८३

न न्याय, न दोषी: कञ्चनपुरका दुइ शंकास्पद मृत्युमा अनुसन्धान अलपत्र


कञ्चनपुर। बैशाख ९ गते कञ्चनपुरको बेलौरी नगरपालिका–१० मा बेलडाँडी गाउँपालिका–३ कमरीका ५० वर्षीय भैंसीपालक किसान हरिकिशन राना जलेको अवस्थामा मृत फेला परे।

राना मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा फेला परेका थिए। मृत फेला परेको २० दिन बढि भइसकेको छ । हालसम्म पनि कुनै ठोस प्रमाण वा दोषी पत्ता लागेको छैन।मृतक रानाका आफन्त तथा स्थानीयले उनको हातखुट्टा बाँधेर हत्या गरी प्रमाण नष्ट गर्ने नियतले मोटरसाइकलमा आगो लगाइएको हुनसक्ने आशंका गरिरहेका छन ।

रानाथारू समुदायका अगुवाहरूले समेत गृह मन्त्रालय समक्ष ज्ञापनपत्र बुझाउँदै निष्पक्ष छानबिन र दोषीको पहिचान गरी कारबाहीको माग गरेका छन्।घटनाको विविध कोणबाट अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले बताए ।

घटनाको अनुसन्धानको लागी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसहित सुदूरपश्चिम प्रदेश प्रहरी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी एवं स्थानीय प्रहरी टोली खटिएको छ ।डीएसपी बोहराका अनुसार अहिलेसम्म ४० बढि व्यक्तिहरुलाई सोधपुछ गरिसकिएको छ ।

यस्तै कञ्चनपुरकै लालझाडी गाउँपालिका–४ मा बैशाख १७ गते ३५ वर्षीय स्थानीय बासिन्दा राम रेसर राना मृत भेटिएका थिए।उनको निधारमा चोट देखिएको र माथिल्लो शरीरमा कपडा नदेखिएको अवस्थामा थियो।

परिवारले कसैले कुटपिट वा हत्या गरेको हुनसक्ने आशंका छ ।यो घटनामा पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएपनि कुनै ठोस प्रमाण फेला नपरेको जनाएको छ । दुबै घटनाले कञ्चनपुरमा सुरक्षा चुनौती र प्रहरीको अनुसन्धान क्षमताप्रति गम्भीर प्रश्न उठाएका छन्।

सम्बन्धित समाचार

Leave a Reply