कञ्चनपुर।कञ्चनपुरको बेलडाँडीमा बाढीमा आधारित समूदायमा कृत्रिम नमुना अभ्यास गरिएको छ । निड्स नेपाल र अक्सफामको साझेदारीमा सञ्चालित स्कोप आर थ्री परियोजनाको आयोजनामा शनिबार बेलडाँडीका दुई ठाउँमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको परियोजनाका सामाजिक परिचालक जानकी शाहीले जानकारी दिनु भएको छ।

बेलडाँडी गाउँपालिका वडा नम्बर ५ झिलमिला र गौडीमा नमुना अभ्यास गरिएको हो । कृत्रिम नमुना अभ्यासमा परियोजनाका सहजकर्ता लक्ष्मण भट्ट विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यास सहजीकरण गर्नु भएको थियो।

कृत्रिम नमुना अभ्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी र सदस्य तथा समुदायका नागरिकको सहभागिता रहेको थियोे ।

सहभागीहरूले विपद्को समयमा आआफ्नो क्षेत्रबाट सक्रिय भएर विपद् व्यवस्थापनका कार्यमा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।


