बिहि, बैशाख २४, २०८३

लालझाडीकी जनप्रतिनिधी डल्लीदेवी चौधरी उमेर ५२ बर्ष, कक्षा १


कञ्चनपुर, २५ बैशाख कञ्चनपुरकी एक स्थानीय तहकी जनप्रतिनिधी जिवनको उत्तरार्धमा विद्यालय भर्ना भएकी छिन । नातिनातिना खेलाउने उमेरमा लालझाडी गाँउपालिका वडा सदस्य डल्लीदेवी चौधरी विद्यालय भर्ना भएकी हुन ।

उनले गाँउकै स्वतन्त्र माविमा पढ्नका लागि भर्ना भएको बताएकी छिन । नेकपा माओवादी केन्द्रबाट ०७४ र ०७९ दुई पटक वडा सदस्यमा निर्वाचित डल्लीदेवी चालु शैक्षिक सत्र ०८२ कक्षा १मा भर्ना भएकी हुन । लालझाडी गाँउपालिका ४ की वडा सदस्य डल्लीदेवी चौधरी उमेरले ५२ बर्षकी भएपनि कक्षा १मा भर्ना भएर सबैलाई चर्कित पारिदिएकी छिन ।

पर्सिया गाँउकी स्थानीय समेत रहेकी डल्लीदेवीका श्रीमान पल्टु चौधरी पनि पढेलेखेका छैनन, तैपनि उनी बैदेशिक रोजगारीमा छन । छोरा बसन्त चौधरीले कक्षा ११सम्म अध्ययन गरेर रोजगारीका लागि भारत गएका छन । कक्षा १०सम्म छोरी सिता चौधरीले अध्ययन गरेर विवाह गरिदिएका थिए ।

डल्लीदेवी चौधरीका बाबु मालिकको हलिया थिए । आर्थिक अवस्था अत्यन्तै नाजुक भएपछि बाल्यकालमा अध्ययन गर्न नपाएकी डल्लीदेवीको किशोरी उमेरमै विवाह भएको थियो । ०५२ सालदेखि तत्तकालिन नेकपा माओवादीले अघि सारेको जनयुद्धका क्रममा मानिसले मानिसको घरमा हलिया बस्ने प्रथा अन्त्यसगै मालिकको घरबाट मुक्त भएपछि विवाह बन्दनमा बाँधिएकी ड्ल्लीदेवी चौधरी विवाह भएपछि उनी घर गृहस्थीमा व्यस्थ भईन ।

‘म बाल्यकालको हुँदा बाबु मालिकको घरमा हलिया थिए, आर्थिक अवस्था पनि कमजोर थियो, दैनिक हातमुख जोर्न समस्या थियो, ‘उनले भनिन, ‘मैले माईती घरमा पढ्नै पाईन, त्यसपछि मेरो विवाह नै भईहाल्यो, माओवादी शान्ति प्रकृयामा आएपछि ०७४को पहिलो निर्वाचनमा वडा सदस्य जिते, कति पनि नपढेको हुनाले दोस्रो पटक पनि मैले वडा सदस्य नै रोज्नुपर्ने बाध्यता आयो, दुई दुई पटक चुनाव जित्दा पनि मलाई पढाईको महत्व थाहा भयो, त्यसैले पढनकै लागि भर्ना भएकी छु, नियमित विद्यालय जान्छु ।’

सम्बन्धित समाचार

Leave a Reply