कञ्चनपुर ,बैशाख १९ कञ्चनपुरका संचारकर्मीसंग भीमदत्त नगरपालिकाले विपद पूर्व तयारी एव जोखिम व्यवस्थापन सम्बनधी कार्यशाला गोष्ठी गरेको छ ।
भीमदत्त नगरपालिकाले शुक्रबार संचारकर्मी तथा सरोकारवालासंग विपद जोखिम व्यवस्थापन र पूर्व तयारी सम्बन्धी सचेतिकरण कार्यशाला गोष्ठी गरेको होे।
भीमदत्त नगरपालिका विपद् शाखा प्रमुख मनोज भट्टले विपद् जोखिम न्यूनिकरण गर्न र विपद् आएपनि समयमै जोखिम न्यूनिकरणका लागि संचारकर्मीसंगै सरोकारवालासंग छलफल गरेको बताए ।
विपद पुर्व, विपदका बेला र विपद पश्चात संचारकर्मीको महात्वपूर्ण भूमिका हुने भन्दै उनले पत्रकार सहित सरोकारवालासंग सचेतिकरण अभिमुखिकरण गोष्ठी गरिएको बताए । कार्यक्रममा भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरिसिह धामीले विपद व्यवस्थापनका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा विपद् ज्ञानकार हिमाल थापाले कार्यपत्र प्रस्तुत गर्दै विपदका बेला संचारको भूमिका महत्वपूर्ण हुने बताए ।
भीमदत्त नगरका उपमेयर निलम लेखकले विपद न्यूनिकरणका लागि पालिकाले थुप्रै तयारी अघि बढाएको बताए । ‘हामीले जनशक्तिदेखि स्रोत साधन व्यवस्थापनदेखि प्रभावित क्षेत्रमा पुर्व सुचना जारी गर्ने, उद्दारदेखि राहतका कार्यक्रम गर्दै आएका छौँ, ‘उनले भनिन, ‘विपदका बेला मानविय सम्वेदनशिलता हुने भएकाले संचारकर्मीले समेत गम्भिर हुनुपर्छ ।
’ भीमदत्त नगरपालिकाले विपद पुर्व तयारी, विपद्का बेला व्यवस्थापन र विपद पछि राहत, पुर्ननिर्माणका लागि अन्य सरकारी निकाय माथिल्ला सरकारसंग समन्वय गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा विपदका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संस्था एव सरोकारवालाको सहभागिता रहेको थियो ।

