कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ८ र ९ का स्थानीय वासिन्दा हुलाकी सडकको अवस्था सुधार्न र कालोपत्रे गर्न माग गर्दै दबाबका लागि आन्दोलनमा उत्रिएका छन् ।
स्थानीयवासीका अनुसार, हुलाकी सडक खण्डको अवस्था अत्यन्तै जीर्ण र असुरक्षित बनेको छ, जसले गर्दा दैनिक यात्रा गर्नेहरूलाई समस्या भइरहेको छ ।
स्थानीयका अनुसार, हुलाकी सडकको दुर्दशा सुधार्नका लागि कयौँ पटक प्रशासनसँग माग राखिएको भए तापनि हालसम्म कुनै सुनुवाइ भएको छैन ।
यदि चाँडो नै यो समस्या समाधान गरिएन भने अझै सशक्त कदम चाल्ने चेतावनी आन्दोलनमा उत्रिएका वासिन्दाहरूको छ ।
“हामीलाई हुलाकी सडकको साँचो विकास चाहिएको छ । यो सडकका कारण यहाँका हजारौँ मानिस प्रभावित छन्”, उहाँहरू भन्न्ुहून्छ,“यो सडक कालोपत्रे नभएसम्म हामी यहाँबाट हट्न तयार छैनौँ ।
”बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीका अनुसार, उक्त सडक कालोपत्रेका लागि नगरपालिकाबाट हुलाकी योजना कार्यालय र निर्माण व्यवसायीलाई ताकेता गरिएको छ ।
उक्त सडकको विकास र सुधारका लागि तत्काल कदम चालिनु पर्छ, जसले गर्दा यातायातको सुविधा सहज र सुरक्षित बन्न सक्दछ ।

