बिहि, बैशाख २४, २०८३

कैलालीबाट हतकडीसहित फरार भएकी महिला भारतमा पक्राउ


कञ्चनपुर । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिला भारतमा पक्राउ परेकी छिन ।शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको हो ।

दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले बताए ।उनि मानव बेचबिखन मुद्दामा पक्राउ परेकी थिईन ।

म्याद थपका सरकारी वकिलको कार्यालय ल्याइएका बेला दमाई भागेकी थिइन् ।हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।

दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको कैलाली प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply