बिहि, बैशाख २४, २०८३

भोलीदेखि सुदूरपश्चिममा माओवादी अभियान ः तीनदिन प्रचण्ड कैलाली, कञ्चनपुर रहने


कञ्चनपुर, १४बैशाख नेकपा माओवादी केन्द्रले भोली (सोमबार)देखि सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गर्न लागेको छ ।

हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सोमबारदेखि सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको हो ।

गत फागुन दोस्रो साता पुर्वको झापादेखि शुरु भएको अभियान पश्चिम नेपाल कञ्चनपुर पुगेर समापन गरिने माओवादी केन्द्रले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल)ले अभियानको कैलाली, कञ्चनपुरमा तिव्र तयारी भईरहेकोे छ । पुर्वबाट शुरु गरिएको अभियान लुम्बिनी प्रदेशसम्म संचालन गरिएको थियो ।

भने, सुदूरपश्चिममा १५बैशाखदेखि १७सम्मै संचालन गरिने छ । कैलालीको टीकापुरबाट शुरु हुने अभियान कञ्चनपुरको महेन्द्रनगरमा पुगेर समापन गरिने केन्द्रीय सदस्य भाटले बताए । ‘बैशाख १५ गते नै सोमबारै पाटी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ज्यू कैलालीको टीकापुर पुग्ने कार्यक्रम छ, ‘उनले भने, ‘पाटी अध्यक्ष ज्यू टीकापुर पुगेदेखि अभियान शुरु हुनेछ ।

’ कैलालीमा टीकापुरदेखि शुरु भएको अभियान धनगढी र कञ्चनपुरमा डोकेबजारदेखि शुरु भएको अभियान भीमदत्तसम्मै पुगेर समापन हुनेछ ।

’ टीकापुर स्थित सती कर्णाली पुलमा स्वागत गरेर अभियान सचालन गरिनेछ, पुर्वी तराईकै जिल्ला जस्तै बिहान मर्निङ्ग वाक, सहिद परिवारसंग भेटघाट, टीकापुर झुंगामा जनसभा, बैसनपुर धनगढीमा सहिह परिवारसंग भेटघाट, अन्तरकृया गरिनेछ ।

भने, धनगढी भन्सारदेखि डोकेबजारबाट कञ्चनपुर प्रवेस गर्ने छन । १६ बैशाख कञ्चनपुरको डोकेबजारमा प्रवेस गरेर हुलाकी राजमार्ग केन्द्रीत हुने जनाएको छ ।

पुनर्वास नगरपालिका स्वागत एव भेटघाट कार्यक्रम, मोतीबस्तीका सहिद परिवारसंग भेटघाट छलफल, रामनगर खानेपानी उद्घाटन, सहिदको सालिकमा माल्यार्पण, शोभाताल अवलोकन, बेलडाँडीमा स्वागत भेटघाट, बेदेकोटमा स्वागत भेटघाट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर संविधान चोकमा सभा राखेर अभियानको समापन गरिने छ ।

सुदूरका तराईका जिल्ला कैलाली कञ्चनपुरमा हुने अभियानमा पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल(प्रचण्ड) सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष सहितका शिर्ष नेता अभियान समापनका लागि कञ्चनपुर आउने भएपछि नेता कार्यकर्ताहरु खटिएका छन ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका लागि नेता कार्यकर्ताहरुलाई लिएको जिम्मेबारी अनुरुप खटिएको बताए ।

‘पाटीले संचालन गरेको अभियान हामीले पनि हाम्रो जिल्लामा सफल समापन गर्नका लागि खटिएका छौँ, ‘उनले भने, ‘चरण चरणमा बैठकदेखि जिम्मेबारी लिए अनुरुप सबै नेता कार्यकर्ता खटिएका छौँ ।

’ पाटी अध्यक्ष प्रचण्ड नेतृत्वमै हुने अभियान सफल पार्नका लागि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल सहितका दुुवै जिल्ला सहित प्रदेशकै नेता कार्यकर्ताहरु खटिएका छन । अभियानले पाटी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरु आफुलाई पाएको जिम्मेबार युद्धस्तरमा निर्वाह गरिरहेका छन ।

सम्बन्धित समाचार

Leave a Reply