शुक्र, असार ५, २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोलि भारत भ्रमणमा जादै


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणमा जाने भएका छन ।भारत सरकारको निमन्त्रणामा बैशाख १६ गते देखि २२ गतेसम्म मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमण जाने भएको हो ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रम्रणबारे जानकारी गराइएको छ ।

नेपालको इतिहासमा पहिलो पटक प्रदेश सरकारलाई भारत सरकारले औपचारिक रुपमा निमन्त्रणा गरेको मुख्यमन्त्री शाहको भनाई छ ।मुख्यमन्त्री शाहले यसलाई उपलब्धीको रुपमा हेरेका छन ।

भ्रमण टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नेछ ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा रहेका छन्।

सम्बन्धित समाचार

Leave a Reply