काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्।
शुक्रबार बेलुकी उनी काठमाडौं आइपुगेका हुन्।
मुख्य प्रशिक्षक स्टुअर्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे ।
गत जनवरीमा प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको थियो ।
त्यसपछि पछि क्यानले मुख्य को आवेदन खुलाएका थियो ।
चैत १५ गते अस्ट्रेलियन प्रशिक्षक ल मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
उनी अप्रिलदेखि दुई वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त भएका हुन्।
नियुक्त भएको झन्डै एक महिनापछि उनि काठमाडौं आएका हुन्।

