शुक्र, असार ५, २०८३

बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली


बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी शान्ति, मानवता, करुणा र मित्रताको उद्गमस्थल भएको बताएका छन् । चाइनिज कल्चर प्रमोसन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र  सारिपुत्त फाउण्डेशनले आज  आयोजना गरेको चौथो एसिया बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति र हतियारहरू चुनौती बनेको बताए । संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्त्व बढ्दै गएको उनले बताए । उनले विश्वभर नै बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसात् गर्ने बेला आएको समेत बताए ।

बुद्धले आफ्नो निजी सुखसयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउँदै ओलीले बुद्धको जीवनबाट मानवजातिले धेरै कुरा सिक्नुपर्ने बताए । बुद्धका शान्तिप्रिय विचार, शान्ति करुणा र मैत्रसय विचारहरूलाई जीवित राख्न ठुलो सङ्घर्ष भएको इतिहास सम्झाउँदै प्रधानमन्त्री ओलीले अब बुद्धको विचार अनुसार विश्व शान्ति कायम गर्न सकिने बताए ।

उनले लुम्बिनीमा आवश्यकताले अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र बनेको बताउँदै उनले यसलाई व्यवस्थित गर्नका लागि आफू सहयोग गर्न तयार रहेको बताए ।चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएका थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

सम्बन्धित समाचार

Leave a Reply