जनकपुरधाम । धनुषामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाइएको छ ।
जिल्लाको लक्ष्मीनियाँमाजनकपुर – ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो ।
नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसंग माग गरेका छन ।
लिङ्देनले हिजो संसदमा भाटभटेनी लुटपाटमा सत्तारुढ दल कांग्रेसकै सह-महामन्त्रीको छोरा पनि थिए, तर प्रहरीले छाडेको अभिव्यक्ति दिएका थिए ।
लिङदेनले कांग्रेसका एकजना सहमहामन्त्रीका छोरा भने पनि कसैको नाम लिएका थिएनन् ।
झुठा अभिव्यक्ति दिएर राप्रपा अध्यक्ष लिङ्देनले सह-महामन्त्री यादवको चरित्र हत्या गरेकाले उनलाई कानूनी दायरामा नल्याए आफूहरु चुप लागेर नबस्ने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् ।

