काठमाडौं । काठमाडौंबाट झापा गैइरहेको बस दुर्घटनामा परेको छ ।
शनिबार बिहान साढे ५ बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमाप्रदेश १–०१–००१–ख ४२३५ नम्बरको रात्रिबस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएका छन्।
घाइतेको उपचार बिर्तामोडस्थित विर्तासिटी हस्पिटल र बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको छ ।
२२ घाइतेमध्ये दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक रहेको बताइएको छ ।
बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

