डडेल्धुराको अमरगढि नगरपालिका वडा न ६ का वडा अध्यक्ष केवि ताम्राकार माथी ज्यान मार्ने गरि प्रहार गरिएको छ । वडा नम्वर ७ पोखरा बाट हिजो बिहिवार राति ७ बजे तिर घर जाने क्रममा वडा कार्यलय नजिक भजनपुरमा सुरेश खड्काका छोरा सन्देश खड्काले ज्यान मार्ने उदश्यले फलामको रड प्रहार गरि आफुलाइ मार्ने प्रयास गरेको वडा अध्यक्ष केवि ताम्राकार ले बताए ।
उनका अनुसार अपशब्द प्रयोग ूडुम भनी लगातार कुटेको र आफु भागेर ज्यान बचाएको उनले बताए । वडा कार्यलय नजिक सुरेश खड्काको पसल छ उक्त पसल मा लागु औषध र मधिरा बेच्ने गरेको वडा अध्यक्ष केवि ताम्राकारले थाहा पाए पछि मधिरा निषेधित क्षेत्रमा बेच्नु हुदैन भनेर लगातार प्रतिकार गर्दै आईरहेका थिए ।
सुरेश खड्काले सधै त हामिलाइ सिकाउने जान्ने हुने त, यस्तो उस्तो भनेर भनिरहने र दलित भएकै कारण हेप्ने गर्ने गरेको वडा अध्यक्षले बताए । तेहि कारण एक्लै हिनेको बेला मौका छोपि ज्यान मार्ने उदेश्यले प्रहार गरेको उनले बताए ।
आफु प्रत्यक्ष घटना स्थलमा नरहेको हुदा के बिषय मा झगडा भयो भन्ने कुरा जानकारी नरहेको आरोपित सन्देश खड्काका बुवा सुरेश खड्काले बताए ।
वडा अध्यक्ष केवि ताम्राकारको डडेल्धुरा अस्पतालमा सामान्य उपचार पछि धनगढी रिफर गरुएको छ । जिल्ला प्रहरी कार्यलय डडेल्धुराका अनुसार आरोपित सन्देश खड्का फरार रहेको हुदा खोजि कार्य भैरहेको छ ।

