कञ्चनपुर।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा दुई महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ् ।
‘सिप सिकौ, आत्मनिर्भर बनौ’ नारा सहित दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ वडा कार्यालयको आयोजनामा महिलाहरुको लागी दुई महिने आधारभुत निशुल्क सिलाई कटाई तालिम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष दिपक सिंह महताले जानकारी दिनुभएको छ् ।
वडा कार्यालयको योजना तथा कार्यक्रम अनुसार वडामा बसोबास गर्ने बेरोजगार महिलाहरुको जिवन स्तर उकास्न सिलाई कटाई तालिम सञ्चालन गरिएको वडा सदस्य दिपक सिंह महताले बताउनुभएको छ् ।
वडामा बसोबास गर्ने ४७ जना महिलाहरुलाई छनौट गरि तालिममा सहभागी गारईएको वडा सदस्य दिपक सिंह महताले बताउनुभयो ।
उहाँले दुई महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न सबैलाई आग्रह गर्नुभयो ।
मानिसलाई सिपले स्वरोजगार बनाउने बताउदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने वडा सदस्य महताले बताउनु भयो ।
उहाँले आगामी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।
दुई महिने सिलाई कटाई तालिममा सहभागी अमृता दमाईले आधारभुत सिलाई कटाई तालिमले आफुहरुलाई व्यवसायी बनाउन उन्मुख गरेको बताउदै आगामी दिनहरुमा वडा कार्यालयलाई एडवान्स तालिम सञ्चालन गर्न समेत अनुरोध गर्नुभएको छ् ।
प्रशिक्षकद्धारा सिकाईएका सिपलाई आफुहरुले व्यवहारमा उतार्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको छ्।
तालिमले महिला दिदी बहिनीहरुलाई स्वरोजगार, आत्मनिर्भर बन्न र आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने तालिमका सहभागी अमृता दमाईले बताउनुभएको छ् ।
तालिमको समापन सत्रमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयले जनाएको छ् ।

