कञ्चनपुर, १० बैशाख निजामती कर्मचारी घुस लिन अब्बल रहेको एक तथ्यले देखाएको छ । आफ्नै सहकर्मी कर्मचारी बिरुद्ध अख्तियारमा परेको उजुरी मिलाईदिन्छु भन्दै घुसलिने एक अधिकृत कर्मचारी उल्टै अख्तियारको फन्दामा परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र त्यसलाई मिलाइदिने भन्दै कर्मचारीसँगै २५ हजार रुपैयाँ घुस लिने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पोखरा महानगरपालिकाको उजुरी फस्र्योट तथा समन्वय शाखामा कार्यरत अधिकृत (सातौँ तह) कपिल गिरीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारमा उजुरी परी पत्र आएको र उजुरीसँग सम्बन्धित प्रमाण मेटाइदिने भनी सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारले गत ७ चैतमा गिरीलाई रंगेहात पक्राउ गरेको थियो । उनीमाथि थप छानबिन गरेर अख्तियारले मुद्दा दायर गरेको हो ।
घुस लिएको २५ हजार रुपैयाँलाई नै बिगो कायम गरेर अख्तियारले गिरीविरुद्ध मुद्दा दायर गरेको हो ।यादवबाट बिगो जफत प्रयोजनका लागि अख्तियारले पत्नी अमृतालाई पनि प्रतिवादी कायम गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणमा करारमा कार्यरत कर्मचारीको तीन करोड २( लाख रुपैयाँ गैरकानुनी सम्पत्र् िभेटिएको छ ।
स्रोत नखुलेको गैरकानुनी सम्पत्र् िभेटिएपछि प्राधिकरणको काठमाडौं जिल्ला आयुक्तको कार्यालयद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यादव करारमा सेवा प्रवेश गरेको मिति ८ भदौ ०६३ देखि ३० असार ०८१ सम्मको अवधिको आम्दानी र खर्चको अख्तियारले लेखाजोखा र हिसाब गरेको थियो । जाँच अवधिमा उनले तलबी पारिश्रमिक आय, भत्ता, नागरिक लगानी कोषबाट फिर्ता आएको रकम, आवास कर्जा, कृषि आय, गाडी, घर र जग्गा बिक्रीबाट प्राप्त रकम, सापटी लिएको तथा पत्नीसहित प्राप्त गरेको बैंकको ब्याज रकमसमेतबाट वैध आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ ।
यो वैध आय दुई करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ । परीक्षण अवधिमा यादवले गरेको खर्चको हिसाब पनि अख्तियारले गरेको छ । त्यसमा आवास कर्जा तिरेको रकम, गरगहना खरिद, घर निर्माण, जग्गा खरिद, बैंक मौज्दात, सेयर खरिद, शैक्षिक खर्च, सवारीसाधन खरिद, ऋण सापटी तिरेको, सापटी दिएको, सामाजिक खर्च र पुँजीगत लाभकर तिरेको रकमका शीर्षक छन ।
कुल पाँच करोड ७१ लाख ६६ हजार रुपैयाँ खर्च देखिएको छ । कुल आय रकममा कुल व्यय रकम घटाउँदा आउने तीन करोड २९लाख ४५ हजार ७०२ रुपैयाँको गैरकानुनी रूपमा सम्पत्र् िआर्जन गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ । सोही रकमलाई बिगो कायम गरेर अख्तियारले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्र् िर सोबाट बढे–बढाएको सम्पत्ति पत्नी अमृताकुमारी यादवको नाममा राखेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
यादवबाट बिगो जफत प्रयोजनका लागि अख्तियारले पत्नी अमृतालाई पनि प्रतिवादी कायम गरेको छ । थरीथरीका घुसकाण्डमा कर्मचारी लिप्त भएपनि जनता समेत हैरान भएका छन ।

