बिहि, असार ४, २०८३

रानालाई हातखुट्टा बाँधेर जलाइएको हुन सक्ने आफन्तहरूको आशङ्का , अनुसन्धान हुँदै


बेलडाँडी। कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगर स्थित निर्मल शारदा आर्यघाट नजिकै मंगलवार बिहानै दु:खद घटना घट्यो ।

जो निकै दर्दनाक र रहस्यमय थियो ।सडक किनारमा जलिरहेको मोटरसाइकल र केहि पर जलेको अवस्थामा एक शब भेटियो ।

जलेको शव पहिचान गर्न प्रहरीलाई केहि समय लाग्यो ।नजिकै जलेको शव बेलडाँडी गाउँपालिका ३ कमरीका ५० वर्षीय हरिकिसन राना हो भन्ने प्रहरीले नजिकै भेटिएको पर्स र मोबाईलले पत्ता लगायो ।

तोरीको भुसको आगोमा जलिरहेको मोटरसाइकल उनकै रहेको प्रहरीले पुष्टि गर्‍यो ।मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका रानाको शव मंगलबार दिउँसोपछी उठाइयो ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ ।सोमबार साझ घर पुगेका राना मङ्गलबार बिहानै घरबाट निस्किएको घटना स्थलमा पुगेका परिवारले जनाएका छन ।

तर उनी घरबाट निस्किएको परिवार अन्य सद्स्यलाइ जानकारी थिएन ।परिवारका सद्स्यहरुले यो दु:खद घटना घटेको बिहान ७ बजे पछि मात्रै थाहा पाएको बताएका छ्न ।

मृतकका आफन्तहरूले रानालाई हातखुट्टा बाँधेर जलाइएको हुन सक्ने आशङ्का व्यक्त गर्दै निष्पक्ष छानबिन र परिवारजनको भरण पोषणको माग गरेका छन् ।

प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनास्थलको सुक्ष्म अनुसन्धानका लागी बिहानै बाट प्रहरीले गरिरहेको थियो ।

पछी घटनाको गम्भीरता हेर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशी नेतृत्वको टोली र धनगढीबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा पुगेको थियो ।

घटनास्थलको जाँचबुझ गरिएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीको प्रदेश र सिआइबीको टोलि समेत खटिएको बताइएको छ ।

घटनास्थलमा सङ्घीय सांसद तारा लामा तामाङ सहित स्थानीय तहका जनप्रतिनिधिहरू समेत पुगेका थिए । उनीहरूले पनि घटनाको सत्य तथ्य छानबिनका लागि सुरक्षा निकायलाई अनुरोध गरेका छन् ।

यो घटनापछि स्थानीय बासिन्दाहरूले उक्त क्षेत्रमा नियमित सुरक्षा गस्तीको माग समेत गरेका छन् ।राना कृषक हुन । उनले गाउँमा गाइभैंसी पालन गरि दुग्ध व्यवसायको काम गर्थे ।

सम्बन्धित समाचार

Leave a Reply