बुध, बैशाख २३, २०८३

कञ्चनपुरमा उखु बारीमा पसेको नरभक्षी बाघ नियन्त्रणमा


कञ्चनपुर । बुधबार देखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघ डार्ट गरी नियन्त्रणमा लिइएको छ ।

आज बिहान ९ः३७ बजे बाघलाई बेहोस गर्ने इन्जेक्सन लगाइएको हो। इन्जेक्सन लागेको बाघ अहिले नियन्त्रणमा आइसकेको नेपाल आर्मीका मेजर नवीन बोहराले बताएका छन् ।

उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिँदै छ । त्यसपछि कहाँ लग्ने भन्ने बारे छलफल गरेर टुङ्गो लाग्ने बताइएको छ ।

उक्त नरभक्षी बाघकाे आक्रमणमा परेर बिहीबार बिहान १० बजे दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply