बिहि, असार ४, २०८३

सेजनद्वारा पत्रकारका लागि सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सुरु


वैशाख ८ – सार्वजनिक वित्त व्यवस्थापन (PFM) सम्बन्धी रिपोर्टिङमा पत्रकारहरूको दक्षता अभिवृद्धि गर्न तालिम सुरु भएको छ। सोमबारदेखि बुटवलमा आर्थिक पत्रकार समूह सेजन (SEJON) को आयोजनामा सुरु भएको तीनदिने तालिममा चार वटा प्रदेशका पत्रकारहरूको सहभागिता रहेको छ। उद्घाटन सत्रमा सेजनका महासचिव बिश्वास रेग्मीले तालिमको उद्देश्यबारे प्रकाश पार्दै वित्तीय पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पत्रकारहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए। सेजनका अध्यक्ष सुजन ओलीले स्वागत मन्तव्य दिँदै पत्रकारिता पेशाको गुणस्तर वृद्धिमा यस्ता तालिमले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।तालिमको पहिलो दिन सार्वजनिक वित्त व्यवस्थापन (PFM) का आधारभूत अवधारणाहरू, योजना निर्माण प्रक्रिया, र बजेट तयारीका विषयमा छलफल गरियो। नेपाल सरकारका उपसचिव गोकुल बस्तोलाले सार्वजनिक खर्च, राजस्व संकलन र वित्तीय शुद्धताका विषयमा प्राविधिक प्रस्तुति दिएका थिए। त्यसैगरी, योजना निर्माण, ICT प्रणाली र बजेट चक्र सम्बन्धी सत्रमा सरकारका अर्का विज्ञ पुरुषोत्तम शर्माले प्रशिक्षण प्रदान गरे।तालिममा सहभागी पत्रकारहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रिया बुझ्ने मौका पाएको बताएका छन्। सेजनले पत्रकारहरूको पेशागत विकास र तथ्यमा आधारित रिपोर्टिङ प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू गर्दै आइरहेको र भविष्यमा पनि निरन्तर गर्ने बताएको छ।

सम्बन्धित समाचार

Leave a Reply