बिहि, असार ४, २०८३

२४ दिनपछि हाजिरी जमानीमा छुटे राप्रपाका महामन्त्री धवलशमशेर


काठमाडौं।हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा २४ दिनपछि छुटेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार बेलुका उनलाई हाजिरी जमानीमा छाडेको हो । स्वास्थ्यका कारण उनलाई हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

‘पहिला क्यान्सरको अप्रेसन भएको ठाउँमा उहाँको मासु पलाएको रहेछ,’ उनले भने,‘त्यसको उपचार आवश्यक भएकाले हाजिरी जमानीमा छाडेका हौं ।’ उनको परिवारले जमानीमा छाडिदिनका लागि निवेदन दिएको थियो । स्वास्थ्य रिपोर्टसहितका अनुसार सरकारी वकिल कार्यालयबाट सहमति लिएर प्रहरीले उनलाई छाडेको हो । उनको बयान प्रहरीले लिइसकेको छ ।

हाल छुटेपनि उनीविरुद्ध मुद्दा भने चल्ने छ । मुद्दा दायर हुने समयमा उपस्थित गराउने सर्तमा श्रीमतीको जिम्मा लगिएको छाडिएको प्रहरी स्रोत बताउँछ ।

गत १५ चैतमा राजतन्त्रको पक्षमा तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोपमा उनी सोही दिन बेलुका पक्राउ परेका थिए। उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र भने प्रहरी हिरासतमै छन् ।

उनीहरुविरुद्ध संगठित अपराध र राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । जसमा सो आन्दोलनका नाइके दुर्गा प्रसाईसहित ८० भन्दा धेरैलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply