बिहि, असार ४, २०८३

पोखरा र भैरहवा विमानस्थलमा अर्बौं भ्रष्टाचारको आरोप, पूर्वमन्त्री योगेश भट्टराईविरुद्ध लेखा समितिमा उजुरी


काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीको डिजाइनमा अर्बौै घोटाला भएको विषय चर्किरहेका बेला पूर्व नागरिक उड्डयनमन्त्री एवं एमाले सांसद योगेश भट्टराईसमेतका विरुद्ध संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

पूर्वमन्त्री एवं सांसद भट्टराई समेतको मिलेमतोमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको जग्गा खरिदलगायतमा अनियमितता गरेको भन्दै लेखा समितिमा उजुरी परेको हो ।

घर जग्गाको मुआब्जा, स्न्स्टुमेन्ट ल्याण्डिङ सिस्टम जडानगायतमा अनियमितता भएको भन्दै समितिमा परेको उजुरीबारे लेखा समितिमा छानविन अघि बढेको छ । उजुरीमा विमानस्थललाई चाहिने भन्दा बढी जग्गा लिएर कम्तिमा १३ अर्ब भन्दा बढीको भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

भैरहवाका आयोजना प्रभावितहरुकातर्फबाट परेको उजुरीमा भट्टराई, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र आयोजना प्रमुख प्रवेश अधिकारीलाई मुख्य केन्द्रमा राखेर अनुसन्धान गरियोस्, भनी माग गरिएको छ ।

यस प्रकरणमा अन्य सांसदहरुले आवाज उठाउँदा समेत भट्टराईले विमानस्थल निर्माण भइसक्यो अब कसरी चलाृउने भन्नेबारे मात्र छलफल गरौं अनियमितता भएको छैन भनी बचाउ गर्ने गरेको आरोप उजुरीकर्ताहरुले लगाएका छन् ।

यो अनियमिततामा प्राधिकरणका बहालवाला महानिर्देशक अधिकारी समेत जोडिएको र उड्डयनमन्त्री हुँदाखेखि नै भट्टराई, अधिकारीको लेनदेन तथा मिलेमतोमा अनियमितता भएको जिकिर उजुरीमा गरिएको छ । भट्टराई अहिले पनि घुस बापत लिएको गाडी चढेर हिँडिरहेको तथ्य समेत उजुरीकर्ताहरुले लेखा समितिलाई दिएका छन् ।

भट्टराईले चितवन तथा काठमाडौंमा आफ्नो तथा आफन्तका नाममा होटलको शेयर खरिद गरेकाले सम्पत्ति छानविन गरिनुपर्ने समेत माग उजुरीकर्ताहरुले गरेका छन् । नामै किटान गरेर अनियमितताको उजुरी पर्दा समेत सांसद भट्टराई भने हावा कुरा हो, भन्नुहुन्छ । उजुरीको सम्बन्धमा सोध्दा उहाँले यसबारे म कुरा गर्न चाहन्न, भन्नुभयो ।

आफुले कुनै अनियमितता नगरेको र यदि त्यसो भए तथ्य खोजेर, अनुसन्धान गरेर आफुलाई गलत सावित गर्न पत्रकारलाई भट्टराईले चुनौति दिनु भएको छ ।

यस्तो छ उजुरी

सम्बन्धित समाचार

Leave a Reply