बिहि, असार ४, २०८३

एमाले निकट निजामती कर्मचारी संगठनद्वारा अनाथालयमा पङखा र कुर्सी सहयोग


कञ्चनपुर, बैशाख ७ नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले अनाथालयमा भौतिक सहयोग गरेको छ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले महेन्द्रनगर अनाथालयमा भौतिक सहयोग गरेको होे ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले संगठनकोे ५६औँ स्थापना दिवसको अवसरमा अनाथालयमा पङखा र कुर्सी वितरण गरेको बताए ।

‘हामीले यस बर्ष स्थापना दिवसमा असाहय बालबालिकालाई सक्दो सहयोग गरेका छौँ, ‘उनले भने, ‘हामीले सक्दो सहयोग गर्ने हो ।

’ सहयोग समाग्री वितरणमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मान बहादुर चन्द, उपाध्यक्ष दिनेश भट्ट, सुप प्रदेश अध्यक्ष महादेव जोशी सहितका निजामती कर्मचारी संगठनका पदाधिकारी एव सदस्यको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply