बिहि, असार ४, २०८३

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छु ः कञ्चनपुरका सिडियो ढकाल


कञ्चनपुर, ३ बैशाख कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाकोे शान्ति, सुशासन, सुरक्षा, एव बेथिति न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका छन ।

बुधबार जिल्लाका पत्रकारसग परिचयात्मक गर्दै प्रजिअ अर्यालले शान्ति, सुशासन, सुरक्षा, बेथिति एव न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका हुन ।

‘जिल्लामा देखिएका विद्यमान ससस्याको पहिचान गर्दै आफ्नै तहबाट समाधानका लागि पहल गर्छु, ‘प्रजिअ ढकालले भने, ‘यसमा सबै पक्षको समेत सहयोग चाहिन्छ।

’ प्रजिअ ढकालले सीमा समस्यादेखि विद्यमान अवस्थामा विकरालका रुपमा देखिएको लागु् औषध दुव्र्यसनी रोकथामका लागि प्रशासनबाट पुरै पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

‘महिला हिन्सादेखि लागु औषध दुव्र्यसनी नियन्त्रण अहिलेको पहिलो प्राथमिकता हो, ‘उनले भने, ‘यसले हाम्रो समग्र समाजको सरचना भत्काउने काम गरेको छ, यसलाई समयमै रोक्नुपर्छ ।

’ सार्वजनिक निकाय कार्यालयबाट प्रभाव हुने सार्वजनिक सेवालाई थप प्रभावकारी बनाएर नागरिकलाई सेवा सुविधा दिनेमा प्रतिबद्ध रहेको प्रजिअ ढकालको भनाई छ ।

भन्सारमा देखिएकोे समस्यादेखि समग्र जिल्लामा देख्रिएका समस्या सम्बन्धीत सरोकारवाला पक्षसग समन्वय गरेर अघि बढ्ने बताए । सार्वजनिक अतिक्रमित सरकारी जमिन खाली गर्ने कामकाज निरन्तरता दिईने बताउँदै प्रजिअ ढकालले आफुले विगतमा एलडिओ हुँदा जिल्लामा गरेको कामकाज अहिले सिडियो हुँखा राम्रो गर्ने संकल्प रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले पत्रकारहरुलाई सहज सुचना प्रवाहका लागि वातावरण बनाउन अनुरोध गरेका छन ।

कञ्चनपुरमा केही बर्ष अघि एलडिओको जिम्मेबारी निर्वाह गरिसकेका सह सचिव ढकाल अहिले सिडियोको जिम्मेबारीमा आएका छन ।

सिडियो ढकालले जिल्लाको बृद्धि विकासका लागि सरोकारवाला सबैपक्षसंग परिचयात्मक कार्यक्रम गरिरहेका छन ।

सम्बन्धित समाचार

Leave a Reply