कञ्चनपुर, ३ बैशाख कञ्चनपुरको एक निजी अस्पतालले नर्सिङ्ग कोर्ष पढाउने तयारी अघि बढाएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले नर्सिङ्ग कोर्ष पढाउने तयारी अघि बढाएको हो ।
केही बर्षदेखि कञ्चनपुरमा नर्सिङ्गकोे पढाई बन्द भएपछि यहाँका विद्यार्थी मारमा पर्दै आएका छन । सेती महाकाली नर्सिङ्ग क्याम्पसले नर्सिङ्ग पढाउँदै आएपछि एकसय बेडको अस्पतालकोे मापदण्ड नहुँदा सरकारले उक्त क्याम्पसमा नर्सिङ्ग कटौती गरेको थियो ।
जिल्लामा नर्सिङ्ग कोर्ष पढाउने क्याम्पस नभएपछि नर्सिङ्ग अध्ययन गर्ने विद्यार्थी बाह्य स्थानमा गएर पठन पाठन गर्नुपर्ने बाध्यता छ । विद्यार्थीको आवश्यकता माग मध्य नजर गर्दैै मन्त्र अस्पतालले निकट भविष्यकै सय सैयाको स्तर बृद्धि गर्दै नसिङ्ग समेत पढाउने जनाएको छ।
मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक डा. गोबिन्द रोकायाले निकट भविष्यमै सेती महाकाली नर्सिङ्ग क्याम्पससंगै सहकार्य गरेर नर्सिङ्ग कोर्ष पठन पाठन गर्ने बताए ।
‘हामीसग नर्सिङ्ग कोर्ष अध्यापनका लागि लाईसेन्स छदैछ, ‘उनले भने, ‘अब अस्पतालको १५सैयाबाट एकसय स्तर बृद्धि गर्ने लगायतका अन्य प्रकृया मात्रै पुरा गर्नुपर्छ, त्यो हामी पुरा गर्ने कार्यमा जुटेका छौँ ।
’ तीन बर्ष अघि मात्रै स्थापना भएको उक्त अस्पतालले एकेडेमी सहितका एम्बुलेन्स सेवा निकट भविष्यमै शुरु गर्ने भएपछि यहाँका स्वास्थ्य शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सुविधा पुग्ने छ ।
झण्डै ५ लाख जनसंख्या भएकोे जिल्लामा गत बर्ष ०८१मा मात्रै ११ हजार ३सय १ विद्यार्थीले एसईई दिएका थिए । एसईई पछि साधारण तथा प्राविधिक धार तर्फ विषय अध्ययनका लागि क्याम्पस रोज्ने विद्यार्थी मध्ये नर्सिङ्ग कोर्ष पठाउने शिक्षण संस्था जिल्लामा नभएपछि मारमा पर्दै आएका विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
यसैविच २बैशाख ०२देखि अस्पतालमा फेरी नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सकद्धारा सेवा शुरु भएको छ । नबजात शिशु तथा बालरोग बिषेशज्ञ डा. रबि ढकालले मन्त्र अस्पतालमा उपचार शुरु गरेका हुन।
डा. ढकालले कलेजो रोग सम्बन्धि बालबालिकाको उपचार शुरु गरेको जनाएको छ । स्वदेश तथा विदेशमा सेवा गरेका डा. ढकालले मन्त्रमा पनि शुरु गरेका हुन ।
अस्पतालमा विशेषज्ञ र मेडिकल १५ गरि ६५ जनशक्ति सेवा प्रदान गर्दै आएको छ । महिनामा मेजर र मुख्य अप्रेसन सल्यक्रिया गरिने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा( गोबिन्द रोकायाले बताएका छन्।
ओपिडिमा २) जना जति सेवाग्राही आउने गरेको छ। हाडजोर्नी लगायतका सेवाहरु दिने गरेको छ। विभिन्न रोगको फुल टाईम र पार्ट टाइम डाक्टरहरु बाट सेवा दिने गरेको बताए। उनका अनुसार अझै पनि जन विश्वास दिलाउन सकेका छैनौ त्यो अनुरुप निरन्तर सेवा प्रवाहमा थप सुविधा लगायतलाई जोड दिने बताए ।
बैंक तथा बृत्तिय संघसंस्थाहरु लाई ५ देखि २५ प्रतिशात छुट दिने व्यवस्था रहेको छ। सामाजिक उत्तरदायित्व अनुसार विभिन्न सामाजिक कार्य लगायत खेलकुद प्रतियोगिताहरु मा प्राथमिक उपचारका लागि निस्शुल्क सेवा दिने गरेको छ।
तीन बर्षदेखि स्वाथ्य सेवा गर्दै आएको मन्त्रले हरेक बर्ष मुख्य सल्यकृयादेखि, समाजिक कार्य अन्र्तरगत गाँउ गाँउमा निःशुल्क स्वास्थ्य शिबिर, विभिन्न संघ संस्थासंग सम्झौता गरेर गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
मन्त्र अस्पताल खुलेसंगै जिल्लाका बिरामीलाई भारत तथा बाह्य जानुपर्ने बाध्यता हटेको स्वयम बिरामीका आफन्त बताउँछन ।

