बिहि, असार ४, २०८३

पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क पानी


कञ्चनपुर।कञ्चनपुरको एक उद्योगले पुर्णागिरी मन्दिरका दर्शनार्थीलाई निःशुल्क पानी वितरण गरेको छ।

भीमदत्त नगरपालिका ५बनखेत औद्योगिक क्षेत्र महेन्द्रनगरको सिद्धनाथ ईलेक्ट्रिक रिक्सा उद्योगले पुर्णागिरी मन्दिरका दर्शनार्थीलाई निःशुल्क पानी वितरण गरेको हो ।

हरेक बर्ष भारत उत्तराखण्ड चम्पावतको पुर्णागिरी र नेपाल सुदूरपश्चिम प्रदेश कञ्चनपुर ब्रम्हदेब र महेन्द्रनगरकोे सिद्धनाथ मन्दिरमा आउने दर्शनार्थीलाई निःशुल्क पानी वितरण गरेको जनएको छ ।

सिद्धनाथ ईलेक्ट्रिक रिक्सा उद्योगका निर्देशक दिवान सिह आग्रीले पुर्णागिरी मन्दिरका दर्शनार्थीलाई निःशुल्क पानी वितरण गरेको बताए ।

उनका अनुसार आग्रीले नवरात्रमा पानी खुवाएर निरन्तर खुवाउने बताए ।

‘हामीले हरेक बर्ष दर्शनार्थीलाई पानी खुवाउँदै आएका छौँ, ‘उनले भने, ‘यस बर्षपनि हामीले गरेका छौँ ।’ निःशुल्क पानी पाएपछि दर्शनार्थीलाई सुविधा भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply