काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्र १५ चैतमा २ जनाको ज्यानै जाने गरी भएको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाई पक्राउ परेको समाचार आइसकेपछि नेपाल प्रहरीले भने पक्राउ नपरेको आधिकारिक विज्ञप्ति जारी गरेको छ ।
पसाई पूर्वी नेपालको सीमा नजिकै भारतबाट पक्राउ परेको समाचार बाहिरिइसकेपछि प्रहरीले भने पक्राउ नपरेको भन्दै विज्ञप्ति जारी गरेको हो ।
यता प्रसाईको सचिवालयले भने आसाम प्रहरीसँग आत्मसमर्पण गरेको जानकारी दिएको छ ।प्रसाईंको सचिवालयले चाहिँ सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको जानकारी दिएको छ ।
सचिवालयले लेखेको छ ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं, भनेका थियौं र आज उपस्थित भयौं ।

तर प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले औपचारिक रुपमा भने खण्डन गरेको छ । बरू ‘उनी नेपालभित्रै छिट्टै पक्राउ पर्न सक्ने’ प्रहरीले जनाएको छ ।

प्रहरीको खण्डनसँगै प्रसाईं संयोजक रहेको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरेर प्रसाईंलाई भारतको आसाम राज्यअन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याएको दाबी गरेका छन् । उनले प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान समेत गरेका छन् ।


