बिहि, असार ४, २०८३

धनगढीबाट ३३ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ


धनगढी। कैलालीको धनगढीबाट ३३ ग्राम लागुऔषध सहित युवक पक्राउ परेका छन् ।

गएराति साढे ८ बजे धनगढी उपमहानगरपालिका-५ तारानगरबाट २५ वर्षीय तपेन्द्र शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कबिन्द्र सिंह बाेहराले बताए ।

उनकाे साथबाट ३३ दशमलव १० ग्राम ब्राउन सुगर बरामद गरिएकाे छ । शाहलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

Leave a Reply