बिहि, असार ४, २०८३

“विदेशी मुद्राको विनिमयदरमा वृद्धि, अमेरिकी डलर यथावत”


नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ।

हिजो घटेको अस्ट्रेलियन डलरको विनियमदर पनि आज बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा छ।

हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो।गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो।

नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरि आज युरो १ को खरिददर १५३ रुपैयाँ २९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९५ पैसा छ। हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा थियो।

त्यस्तै आज पाउन्ड १ को खरिददर १७८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा थियो। त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५२ र बिक्रीदर ८५ रुपैयाँ ८९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ०९ र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा थियो।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रुपैयाँ २६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

सम्बन्धित समाचार

Leave a Reply