कञ्चनपुर, चैत्र २८ नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटिको अध्यक्षमा बिरेन्द्र प्रशाद भट्ट चयन भएका छन।
बिहिबार सम्पन्न भएको नेकपा एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटिको अधिवेशनबाट भट्ट निर्बिरोध अध्यक्षमा चयन भएका हुन ।
उपाध्यक्ष प्रकासचन्द्र बडू, सचिव डा. गम्भिर बहादुर चन्द,कोषाध्यक्ष रमेश कुमार साउद,सदस्य हरिदत्त पन्त, मदन सिह खडका, हरीशरण भट्ट चयन भएका छन ।
महाधिवेशन प्रतिनिधीमा शंकरदत्त भट्ट, टिकाराम खरेल,प्रकासचन्द्र बडू, राजेन्द्र प्रशाद जोशी,डा. राजेन्द्र पन्त रहेका छन ।
बन्दसत्रको अध्यक्षतामा प्रगतिशील प्राध्यापक संगठनका नेता महेन्द्र बहादुर चन्द र सदस्य शंकरदत्त भट्ट, राजेन्द्र प्रशाद जोशी रहेका थिए ।
नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय इकाई अध्यक्ष बिरेन्द्र प्रशाद भट्टले प्राध्यापकको हकहितका साथै विश्वविद्यालयमा हुने बेतिथि अन्त्यको प्रतिबद्धता जाहेर गरेको जनाईएको छ।

